प्रमुख विपक्षी नेकपा एमाले सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ ।
संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आजै साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन्।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरु सहभागी नहुने बताए ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टी पनि सहभागी हुने भएपछि एमाले नजाने भएको हो ।
एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना जारी गर्न या मार्ग प्रशस्त गर्न भन्दै घुमाउरो भाषामा सभामुखको राजीनामा मागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।