राप्रपा कहिल्यै फुट्दैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिस्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताएका हुन् । 

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्ति नभई विचार र नेताको पछि नभई नीतिको पछि लाग्न पनि आग्रह गरे । 

उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए ।

अध्यक्ष थापाले भने, ‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ, कम्युनिष्ट र कांग्रेसभन्दा फरक पहिचान बनाउन लागि परेका छौँ । साथै हाम्रो पार्टीको केन्द्रीय महाधिवेशन आगामी  कार्तिक २७ गतेदेखि काठमाडौंमा हुँदैछ । ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरू म्हाधिवेशनका प्रतिनिधिहरू हुनेछन् । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जनाको दरले सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनेछन् । पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले कम्युनिस्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताए । 



अध्यक्ष जबराले भन्नुभयो, ‘४ वर्षअघि मुलुकका दुई ठूला कम्युनिस्टहरू मिली चुनाव लडे, झन्डै साढे तीन वर्षसम्म झन्डै बहुमत ल्याएर मुलुक चलाए । तर, त्यो समयमा जनताले के पाएभन्दा हात्ती आयो हात्ती आयो फुस्सा । साम्यवादी शक्ति भनेर आएकाहरूको समयावधि साढे तीन वर्षमै तीन टुक्रा भएर चक्नाचुर भएको छ । त्यसपछि आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन । अब पार्टी फुट्नेछैन साथीहरू एक ढिक्का भएर मुलुकमा के गर्ने भनेर हामीले देखाउनुपर्यो ।’

अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताउनुभयो । उहाँले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गरे। 



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १३:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया