नेकपा समाजवादी संसदीय दलको नेतामा शत्रुधन महताे चयन
फरकधार / २८ भदौ, २०७८

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश-२ संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरिएको छ ।



सोमबार बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । 

प्रदेश-२ सरकारमा जाने तयारीस्वरूप नेकपा (एकीकृत समाजवादी) पार्टीले दलको नेता चयन गरेको छ ।

पार्टी विभाजनअघि महतो नेकपा एमालेको संसदीय दलका नेता थिए ।



नेकपा एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भए लगत्तै महतोसहित १३ जना प्रदेशसभा सदस्य यस पार्टीमा आवद्ध भएका छन् । नेकपा एमालेसँग अब प्रदेश २ मा ८ जना मात्र प्रदेशसभा सदस्यहरू छन् ।

संसदीय दलको नेतामा महतोलाई चयन गरिए पनि पार्टीको सचेतक भने चयन गर्न बाँकी रहेको प्रदेश सांसद प्रमोद यादवले जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १५:१२:१६,   अन्तिम अपडेट : भदौ २८, २०७८ साेमबार १५:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया