हामीले कहिल्यै जनतालाई ढाँटेका छैनौं, वचनमा प्रतिवद्ध छौं : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ‘नेपाली जनताले आफ्नो पौरखले बनाएको सत्ता, आफ्नो रगत र बलिदानबाट बनेको सत्ता बनाउन चाहेको’ उद्घोष गरेका छन् । 

काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीको कार्यालय बेचेर खाने मान्छेहरू यहाँ छन् । एउटा सुकुम्बासीको जीवन कसरी बितेको होला, एउटा नौजवानको जीवन कसरी बितेको होला ?’

एउटा प्रधानमन्त्रीको सरकारी कार्यालयको आँगन बेचेर खाने मान्छेको विरुद्धमा आफूहरू लडेको बताए । ‘देशको सत्ता कति कमजोर थियो भने, भ्रष्टाचारीविरुद्ध लड्नुको सट्टा हाम्रो पार्टीमाथि प्रतिवन्ध लगाइयो, दमन गरियो ।’

प्रतिबन्धसँग आफूहरू नझुकेको भन्दै राज्यसँग नयाँ प्रक्रियामा ३ बुँदे सहमति भएर जनताको बीचमा आइपुगेको बताए । उनले घोषणा गरे, ‘हामी हाम्रो वचनमा प्रतिवद्ध छौं । हामीले जनतालाई ढाँटेका छैनौं ।’ साथै, उनले आफूहरूकाे आवाज सत्यको भएको भन्दै व्यक्तिगत रूपमा कुनै स्वार्थ नभएको बताए । 

जनताको पक्षमा मुख्य चुकाउन तयार भएको स्मरण गर्दै उनले २ वर्षको प्रतिबन्धपछि आउँदैगर्दा भोगेको समस्या दर्साउँदै विप्लवले भने,‘२५०० युवा कमरेडहरूको बन्दी जीवन झलेर आउँदैछौं । ३ हजार बढी साथीहरू दमन खेपेर आएका छौं । हामीमाथि प्रतिवन्ध लगाइयो, हामीमाथि दमन गरियो । हामीले भनेका थियौं तपाईंहरूको प्रतिवन्ध गलत छ । न्यायको आजको विरुद्धमा लगाइएको प्रतबन्ध हो भनेर हामीले भनेका थियौं ।’

साथै, उनले कुनै पनि हालतमा एमसिसी परियोजना संसदबाट पास हुन नदिने घोषणा गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १६:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया