एमसिसी परियोजना कुनै पनि हालतमा संसदबाट पास हुन दिँदैनौं : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कुनै पनि हालतमा एमसिसी परियोजना संसदबाट पास हुन नदिने घोषणा गरेका छन् । ‘एमसिसी नेपालको राष्ट्रिय स्वाधिनताको विरुद्धमा छ, हामी यसलाई संसदबाट पास हुन दिँदैनौं’, काठमाडौंमा आयोजित विरोध सभामा विप्लवले भने । 

‘विकास र समृद्धिको बाधक सत्ता हो । भोका नांगा जनताहरू सत्ताको मालिक भए भने पहाड फुटाउन सकिन्छ, नदी थुन्न सकिन्छ’ विप्लवको भनाइ छ । 

वर्षा हुँदाहुँदै चलेको विरोध सभामा विप्लवले  पानी परिरहेको भए पनि त्यसको आफूलाई कुनै प्रवाह नभएको उल्लेख गर्दै सुरुमै माहाेल तताएका थिए । उनले भने, ‘पानी होइन हामी आपद विपदसँग लडेर आएका मान्छे हौं । हामीलाई कुनै चासो छैन।’

पानीमा भिज्दै भाषण गरेका विप्लवले भने,‘हाम्रो मुटुमा सुन्दर देश बनाउने सपना छ, हाम्रो आँखामा त्यो सपना छ । हामीलाई सुन्दर देश बनाउने सपना छ ।’

विप्लवले अघि भने, ‘हाम्रा पुर्खाहरू जसले हाँके हाम्रो यो देशलाई । सामाज्यवादीको अगाडि टुक्राटुक्रा हुँदा हाम्रा अग्रजहरूले खुकुरी चलाए । जसले लगातार जेल भोगे, खुकुरी चलाए हामी त्यसको अगुवाइ गर्न चाहन्छौं ।’
 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १६:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया