भ्रष्टाचार र अनियमितता विरुद्ध पाँच राजनीतिक दलको विरोध प्रदर्शन

कैलालीको गौरीगंगा नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै सोमबार विरोध प्रदर्शन गरिएको छ । नगरपालिका कार्यालयभित्रका सबै खाले भ्रष्टाचार र अनियमितता विरुद्ध पाँच दलीय गठबन्धन गौरीगंगाले विरोध प्रदर्शन गरेका हुन् ।

भ्रष्ट्राचाररहित नगरपालिका हाम्रो चाहना, सुशासन समृद्ध नगरपालिका सबैको कामना भन्ने नाराका साथ उनीहरूले प्रदर्शन गरेका हुन् ।

साथै उनीहरूले नगर शिक्षक छनौट कार्यविधि संशोसन गर्नुपर्ने, करार कर्मचारीको हकमा समिति बनाई आवश्यकभन्दा बढी कर्मचारीलाई हटाउनुपर्ने, नगरभित्र रहेका वेरुजु यथाशीघ्र पर्छौट गर्नुपर्ने लगायतका माग समेत गरेको माग पत्रमा उल्लेख छ ।

गठबन्धनले नगरपालिकामा तालाबन्दी समेत गरेकाे छ । गठबन्धनले नगरपालिकालाई बुझाएको ६ बुँदे मागको बेवास्ता गरेको भन्दै सोमबार पनि तालाबन्दी गरेका हुन्।

नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा विषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगायतका ६ बुँदे माग गठबन्धनले राखेका छन् ।

माओवादी केन्द्रका नगर अध्यक्ष बलबहादुर महताले जनतासँग नजिकमा रहेको सरकारले जनताको करलाई व्यवस्थित रूपमा लागू गर्नु पर्नेमा लगायत जनसरोकारका विषयमा जवाफदेही नभएको सुशासन कायम भएको नदेखिएकाले पाँच दलीय गठबन्धनले विरोधका कार्यक्रम गरिएको बताए । 



नगरका सार्वजनिक योजनामा सही अनुगमन तथा पारदर्शिता शून्य भएको र हरेक योजनामा अनियमितता भइरहेकोले पटक-पटक ध्यानाकर्षण गराउँदा नगरप्रमुखले बेवास्ता गरिरहेकाले मागको सुनुवाइ तथा दलीय सहमति नहुँदा सम्म आन्दोलन गरिरहने नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशीले बताए ।

नगरपालिकाले गत आर्थिक वर्षमा ठेक्का सम्झौता नगरी नदीजन्य पदार्थ संकलनको जिम्मा कार्यकर्तालाई दिएपछि व्यापक आर्थिक अनियमितता नगरप्रमुखको संरक्षणमा भएको भन्दै राजनीतिक दलहरूले हिसाब माग गरेका छन्  । दलहरूले गत शुक्रवार समेत नगरपालिका तालाबन्दी सहित एक घण्टा धर्ना दिएका थिए ।



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १६:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया