८० लाखभन्दा बढी खर्चिएर ल्याइएका ब्रुमर कामविहीन
आरोहण शाह/वीरगञ्ज
फरकधार / २८ भदौ, २०७८

वीरगञ्जलाई धुलोमुक्त बनाउनको लागि ८० लाखभन्दा बढी खर्चिएर ल्याइएका ब्रुमर यतिबेला कामविहीन भएका छन् । वीरगञ्ज महानगरपालिकाले बाटोको धुलो सफा गर्न ल्याएको ब्रुमरले सोचेको जस्तो काम गर्न नसकेर केही वर्षदेखि थन्क्याएर राखिएको छ । 



नगरको सडक सफा गर्नका निम्ति वीरगञ्ज महानगरपालिकाले ०७१ सालमा ८१ लाख रुपैयाँ खर्चेर सो बु्रमर ल्याएको थियो, तर १ बर्ष जति ब्रुमरले काम गरे पनि त्यसपछि अलपत्र अवस्थामा राखिएको छ । 

वीरगञ्जमा ब्रुमर नआउँदा मास्कबिना कहिले हिँड्ने सकिने छ ? भन्ने यस्ता प्रश्न पनि थिए । तर, ब्रुमर हुँदाहुँदै पनि धुलोको समस्या त्यत्तिकै खेप्नुपरेको छ । ब्रुमर आएपछि वीरगञ्जमा धुलो कम हुन्छ भन्ने अपेक्षा आममानिसको थियो । 

महानगरले नयाँ प्रविधिको रुपमा ल्याएको ब्रुमर अहिले कहाँ हरायो भने थाहा छैन, अब फेरि त्यही पुरानै तरिका नगरका सडक झाडुले नै सफा गरिरहेको देखिन्छन् । पानी पर्दा बाटो हिलाम्य हुन्छ र ब्रुमर पनि चल्दैन, त्यसकारण पानी परेको समयमा विभिन्न ठाउँबाट आउने मोटर, गाडीले ल्याएको हिलो घाम लागेपछि धुलोमा परिणत हुने भएकाले धुलो कम हुन सकेको छैन । 



महानगरपालिकाले ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धूलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहोरका कारण सडक सफा देखिएको छैनन् । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगञ्जमा गाडीहरुको चापले गर्दा धुलो, हिलो हुन्छ, तर यो सहरका लागि ब्रुमर उचित नरहेको दाबी गर्छन् ।

 ‘म आउनुभन्दा अगाडि ब्रुमर ल्याइएको थियो । मैले त केही दिन चलाएको थिएँ,’ तर त्यो ब्रुमर यहाँको लागि उचित नरहेको उनी भन्छन् ।

वीरगञ्ज सहरमा बाटो–घाटो निर्माण अवधिमा हुँदा ब्रुमर चलाउन समेत गाह्रो हुन्छ । केही महिना सञ्चालनमा मात्र रह्यो र अहिले थन्केको अवस्थाले महानगरपालिकाकै लापरवाही रहेको सर्वसाधारणले आरोप लगाउन थालेका छन् । 

ब्रुमर कामविहीन भएपछि महानगरको लाखौँको सम्पत्ति बालुवामा पनि खन्याएजस्तै भएको छ ।

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १७:३१:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया