\
आज देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा भारतको उडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव तथा मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेकोले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल प्रदेश– १, प्रदेश– २ र सुदूर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।