दसै‌ंमा मासुकाे परिकार: यसरी बनाउनुहाेस् खसीकाे लेदाे मासु

आवश्यक सामग्री 

खसीको ह्याकुला (करङसहित) को मासु एक किलो, सुकेको खुर्सानीको धुलो एक चम्चा, बेसार दुई चम्चा, तेल चार चम्चा, जिराको धुलो एक चम्चा, धनियाँको धुलो एक चम्चा, लसुनको लेदो डेढ चम्चा, अदुवाको लेदो डेढ चम्चा, प्याज आधा किलो, गोलभेंडा आधा किलो, हरियो धनियाँ एक मुठा, नुन स्वादअनुसार । 

पकाउने विधि: 
सबैभन्दा पहिले कराहीमा तेल तताएर प्याजलाई खैरो हुने गरी भुट्ने । त्यसमाथि टुक्रा पारिएको मासु हल्का भुट्ने । त्यसपछि नुन हाल्ने । त्यसपछि मसला हाल्ने । एकछिन छोपेर पकाउने । त्यसपछि गोलभेंडा हाल्ने र फेरि छोपेर पकाउने । मासु पाकेपछि हरियो धनियाँ छर्केर सर्भ गर्ने ।





  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार ८:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया