अमेरिकाको बाल्टिमोर सानो नेपाल जस्तै भइसक्यो । जहाँ ठूलो संख्यामा नेपालीको बसोबास छ । यहाँ हरेक नेपाली चाड पर्वमा ठूला ठूला सांगीतिक कार्यक्रम हुने गरेका छन् । हरेक वर्ष संगीतमय रहने बाल्टिमोर शहर बितेको डेढ वर्षयता सुनसान थियो ।
कोरोनाका कारण सुनसान रहेको यो सहर गत आइतबार एकाएक संगीतमय बन्यो । लामो समयदेखि अमेरिकामा बस्दै आएकी लोकगायिका सिर्जना बिरही थापाको संयोजनमा भएको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गायक हेमन्त शर्मा र पुरुषोत्तम न्यौपाने पनि अमेरिका पुगेका थिए ।
हेमन्त र पुरुषोत्तमको विषेश प्रस्तुति रहेको उक्त सांगीतिक कार्यक्रममा गायक भगवान भण्डारी, राजन ठकुरी, लोकगायिका सिर्जना बिरही थापाले पनि सांगीतिक माहोल तताएका थिए ।
‘सगरमाथा सांगीतिक साँझ’ नाम दिएर सञ्चालन गरिएको उक्त कार्यक्रममा त्यस आसपासमा रहेका नेपालीको उल्लेख्य उपस्थिति थियो ।
‘सगरमाथा सांगीतिक साँझ’ मा वरिष्ठ लोकगायक प्रेमराजा महत प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । महतले दुई टुक्का गीत गाएर सुरु भएको सांगीतिक साँझ झण्डै ३ घण्टासम्म चलेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।