सरकारसँग आक्रोशित भिटेन

र्यापर समिर घिसिङ उर्फ भिटेन पुनः चर्चामा आएका छन् । उनले प्रहरी प्रशासनलाई गाली सहित इन्स्टाग्राममा स्टोरी हालेपछि उनको चर्चा भएको हो ।

भिटेन नयाँ गीत रिलिजको तयारीमा थिए ।  प्रशासनले नयाँ गीत सार्वजनिक गर्नु अघि देखाउँन, केहि शब्द हटाउन र गीको ब्याख्या गर्न आदेश दियो । भिटेलाई यो आदेश सह्यै भएन । उनले अश्लिल गाली गरेर इन्स्टाग्राममा स्टोरी पोस्टिए ।

गालीगलौज मार्फत आक्रोस पोखेका भिटेनले प्रश्न गरेका छन्, ‘उनीहरुको स्वीकृतिपछि मात्रै मैले आफ्नो गीत सार्वजनिक गर्न सक्छु रे । मेरो निजी अधिकार कहाँ गयो ?’

सार्वजनिकको तयारी गरेको गीतको म्यूजिक भिडियोमा गाडी जलाएको दृष्य राखेकाले त्यो राख्नु अघि सरकारसँग अनुमति लिन आदेश दिएको भिटेनले बताए । प्रशासनबाट अनुमति लिएर मात्रै गीत रिलिज गर्न दिएको आदेश नमान्ने पनि उनले बताएका छन् ।

भिटेनले आफ्नो इन्स्टाग्रामबाट गाली सहितको उक्र स्टोरी हटाएका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १४:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया