च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१–२२ मंगलबार (आज) देखि सुरु हुँदैछ ।  

प्रतियोगिताको पहिलो दिन समूह ‘ई’, ‘एफ’, ‘जी’ र ‘एच’का विभिन्न ८ खेल हुदैछन् ।

समूह ‘एफ’ मा स्वीस क्लब योङ ब्वाइजले घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । 

यही समूहको अर्को खेलमा स्पेनिस क्लब भिल्लारियलले घरेलु मैदानमा इटालियन क्लब एटलान्टासँग भिड्नेछ । 

समूह ‘जी’ मा स्पेनिस क्लब सेभियाले घरेलु मैदानमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग खेल्दैछ । फ्रान्सेली क्लब लिलले जर्मन क्लब उल्फ्सबर्गलाई स्वागत गर्नेछ ।  
समूह ‘ई’ मा क्याटलान क्लब बार्सिलोना र जर्मन महारथी बायर्न म्युनिख आमने सामाने हुँदैछन् ।

बार्सिलोना १५ अगस्ट, २०२० मा भएको क्वाटरफाइनलमा भोगेको ८–२ को लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदानमा उत्रिनेछ । बायर्न पनि सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । 



यही समूहमा युक्रेनी क्लब डाइनामो किभले घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग खेल्दैछ ।

समूह ‘एच’ मा साविक विजेता इंग्लिस क्लब चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सबर्गसँग घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल्दैछ । 



यही समूहको अर्को खेलमा स्वीडिस क्लब माल्मो एफसीले इटालियन महारथी युभेन्ट्सको आतिथ्यता गर्दैछ ।
 

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १५:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया