राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले संसदीय परम्परागत अन्तर्गत संसद बैठक सञ्चालन गरेको आरोप लगाएका छन् ।
‘प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधन÷व्यवस्थापन नगरी जवरजस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त÷संसदीय परम्परा विपरित छ,’ थापाले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
कंग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान÷व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको पनि उनले बताएका छन् । उनले विकृतिको श्रृखंला अन्त गरी जनादेशबाट नयाँ विकल्प खोज्नुपर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।