विनियोजन विधेयक सकेसम्म सहमतिमा नभए प्रक्रिया पुर्‌याएर पास गर्छौं : अर्थमन्त्री शर्मा
फरकधार / २९ भदौ, २०७८

अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताएका छन् । 



मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुन पनि सक्ने बताएका हुन् । 

उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको बताए । उनले भने, ‘विधेयक पारित गर्न छलफल, वार्ता, सहमति गरिराखेका छौँ । सहमति हुँदा त्यसलाई हामी सहमति अनुसार पारित गर्छौं । नहुँदा नियमित प्रक्रिया पुर्याएर पारित गर्छौं ।’ 

पारित गर्न केही समय लाग्यो भने केही समय खर्च गर्ने अवस्था नहुन सक्ने उनले बताए । सकेसम्म सहमति गर्ने उल्लेख गर्दै उनले भने, ‘हाम्रो कोसिस वार्ता, संवादतिर चलिराछ ।’



अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै त्यसअन्तर्गत कर उठिराख्ने पनि बताए । 

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १६:५५:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया