प्रदेश सरकारले प्रदेश प्रहरीलाई दियो २५३ थान सडक डिभाइडर
फरकधार / २९ भदौ, २०७८

प्रदेश २ सरकारले प्रदेश प्रहरीलाई सडक डिभाइडर हस्तान्तरण गरेको छ । प्रदेशभित्र ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालयले २५३ थान सडक डिभाइडर प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको हो । 



२ नम्बर प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारलाई भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले सो सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधामका मुख्य सडकहरुमा अहिले कंक्रिटले बनाइएका डिभाइडरहरु राखिएको छ । जसका कारण भीडभाड तथा सवारीसाधनको अत्यधिक चापले समय समयमा दुर्घटना समेत हुने गरेको छ ।

दुर्घटनालाई न्यूनीकरण गर्न विकल्पस्वरुप आवश्यकताअनुसार साना तथा ठूला खालका डिभाइडर सडकमा राख्न धनुषा ट्राफिक प्रहरी कार्यालय मातहतका निकायलाई मन्त्री यादवले निर्देशन दिएका छन् ।



जनकपुरधामसहित प्रदेशको आठवटै जिल्लाका मुकामहरुमा भीडभाड तथा सवारीसाधनको चापलाई नियन्त्रित गर्दै थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्नसमेत उनले निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, धनुषा ट्राफिक प्रमुख नवराज न्यौपानेलगायत यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधिको उपस्थिति थियो ।

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १७:१:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया