कप्तान ज्ञानेन्द्र आउट

आइसिसी विश्वकप क्रिकेट लिग–२अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा अहिले नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।

३३ बलको सामना गरेका मल्ल १ चौकाको मद्दतमा २१ रन बनाएर आउट भए । उनलाई १२औँ ओभरको चौथो बलमा मोहम्मद नदिमले नेस्तोर धाम्बाबाट क्याच गराए ।

यसअघि पहिलो ओभरको दोस्रो बलमै बिलाल खानले कुशल भुर्तेललाई खाता नै खोल्न नपाई विकेट किपर सुरज कुमारबाट क्याच गराएका थिए ।  
 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १७:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया