प्रा.डा. पन्तलाई ईश्वरीलाल श्रेष्ठ पुरस्कार प्रदान

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले सो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ । 

यस वर्षका लागि ईश्वरीलाल श्रेष्ठ पुरस्कार नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पुर्याउने व्यवस्थापन संकायका पूर्वडिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो ।

नेपालमा २०११ साल भाद्र १७ गते वाणिज्य शिक्षाको आइकम तहको पठनपाठन सुरु भएकोमा हरेक वर्ष भाद्र १७ गते वाणिज्य दिवस मनाउने गरिएको छ । 

वाणिज्य शिक्षाका संस्थापक प्राध्यापक ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले यस वर्षको ६८औँ वाणिज्य दिवसको दिन घोषणा गरिएको पुरस्कार आज औपचारिक कार्यक्रममा वितरण गरिएको प्रतिष्ठानका महासचिव प्राध्यापक प्रकाशमान प्रधानले जानकारी दिए । 

सम्मान कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले प्राध्यापक ईश्वरीलाल श्रेष्ठले वाणिज्य शिक्षाको स्थापना र विकाशमा पुर्याएको योगदानको चर्चा गरेका थिए । 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १९:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया