बाल दिवसमा जानकी मन्दिरको प्रांगणमा दीप प्रज्वलन
फरकधार / २९ भदौ, २०७८

५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा दीप प्रज्वलन गरिएको छ । 



‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो ।

प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो । 

कार्यक्रममा मन्त्री सिंहले बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले महिला तथा बालबालिकाको अधिकार सुनिश्चित नभएसम्म समाज र देशले विकास गर्न नसक्ने धारणा राखे । 



कार्यक्रममा मन्त्रालयका सचिव केशवप्रसाद विमलीसहित विभिन्न गैरसरकारी संस्थाका पदाधिकारीको पनि उपस्थिति थियो ।

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १९:३३:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया