नेपालले ओमानलाई दियो १९७ रनको सामान्य लक्ष्य

आइसिसी विश्व कप लिग २ अन्तर्गत भइरहेको खेलको पहिलो पारी सकिँदा नेपालले ओमानसमक्ष १९७ रनको समान्य लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

ओपनर आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे पनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा नेपालले ठूलो योगफल तयार पार्न सकेन ।

३६औँ ओभरको तेस्रो बलमा बिलाल खानले बोल्ड गराउनुअघि आशिफले ११२ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतमा ९० रन प्रहार गरे ।

कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१–२१ रनको योगदान दिँदा रोहित पौडेलले २० रन जोडे ।

ओमानका लागि बिलाल खानले ४, नेस्टर धाम्बाले २, मोहम्मद नदिम र जिशान मक्सुदले समान १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भयो । 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार २०:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया