नेपाली कांग्रेसका ७५ वर्ष : १३ महाधिवेशन कहिले कहाँ सम्पन्न भए, कोको चुनिए ?
फरकधार / २९ भदौ, २०७८

नेपाली कांग्रेसमा चौधौँ महाधिवेशनको सरगर्मीले मुलुकको राजनीतिलाई चलायमान बनाइरहेको छ । ००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासँगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ । प्रस्तुत छ, कांग्रेसको राजनीतिक आरोह–अवरोहसम्बन्धी  रिपोर्ट  :



निरंकुश राणा शाहीको अन्त्य र प्रजातन्त्र स्थापनाको उद्देश्यका साथ ००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापनाको पहल भयो । राणाहरुको कोपभाजनमा परी प्रवासिन बाध्य बनाइएका र अध्ययनका लागि भारत पुगेका युवाहरुको बाहुल्यता रहेको यो संस्थाका जन्मदाता बिपी कोइराला हुन् ।

कांग्रेसका हालसम्मका कार्यसमिति 

अखिल भारतीय नेपाली राष्ट्रिय कांंग्रेस



२००३ कात्तिक १५ गते वनारस

सभापतिः    देवीप्रसाद सापकोटा
उपसभापतिः    बालचन्द्र शर्मा
महामन्त्रीः कृष्णप्रसाद उपाध्याय भट्टराई
प्रचारमन्त्रीः    गोपालप्रसाद उपाध्याय भट्टराई
त्यसको तीन महिनापछि कलकत्तामा सम्पन्न सम्मेलनबाट अखिल भारतीय नेपाली राष्ट्रि«य कांग्रेसलाई नेपाली राष्ट्रि«य कांग्रेस बनाइयो । 

नेपाली राष्ट्रिय कांग्रेस

२००३ माघ १२ र १३ मा कलकत्ता, भवानीपुर

सभापतिः     टंकप्रसाद आचार्य 

कार्यकारी सभापतिः विश्वेश्वरप्रसाद कोइराला
मन्त्रीः    बालचन्द्र शर्मा
प्रकाशन विभाग अध्यक्षः डा. डिल्लीरमण रेग्मी
संगठन मन्त्रीः कृष्णप्रसाद उपाध्याय भट्टराई
प्रचार र संगठननिमित्त सदस्यः     देवव्रत परियार
सदस्यः    डिएन प्रधान
सदस्यः    गोपालप्रसाद उपाध्याय भट्टराई
सदस्यः    लाक्पाछिरिङ शेर्पा
सदस्यः    रुद्रप्रसाद गिरी

राष्ट्रिय कांग्रेसको आह्वानमा मुलुकमै पहिलोपटक विराटनगरमा मजदुरहरुको संगठित आन्दोलन सुरु भयो । यसक्रममा बिपी, तारिणी, गिरिजा, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा विकु र युवराज अधिकारी पक्राउ परे ।  उनीहरुलाई पहाडको बाटो हुँदै २२ दिन हिँडाएर काठमाडौंमा लगेर थुनियो । बिपी थुनामा परेपछि मातृकाप्रसाद कोइराला राष्ट्रिय कांग्रेसको कार्यबाहक अध्यक्ष भए । 
 
२००३ चैत्र २७ र २८ जोगवनी सम्मेलन 

कार्यवाहक अध्यक्षः मातृकाप्रसाद कोइराला
महामन्त्रीः कृष्णप्रसाद भट्टराई 

भारत प्रवासमा रहँदा त्यहाँको सरकारले मातृकामाथि मुद्दा चलायो अनि डा. डिल्लीरमण रेग्मी कार्यवाहक सभापति भए ।  

२००४ साउन १, २ र ३ वनारस सम्मेलन

कार्यवाहक सभापतिः  डा. डिल्लीरमण रेग्मी 
महामन्त्रीः कृष्णप्रसाद भट्टराई 

दोस्रो महाधिवेशन–२००४, वनारस
वैशाख २०, २१ र २२

सभापतिको अनुपस्थितिका लागि कार्यवाहक बनाइएका डा. रेग्मीले बिपी रिहा भएपछि पनि पद छाड्न मानेनन् । भएन । यही विषयलाई लिएर पार्टी विभाजन भयो । 

तेस्रो महाधिवेशन–२००५, फागुन १८, १९, २० दरभंगा 

यसबीच काठमाडौंमा नागरिक अधिकार प्राप्तिका लागि युवाहरुले आन्दोलनको घोषणा गरे । त्यस आन्दोलनलाई ऊर्जा दिन कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितका साथ काठमाडौं आएका बिपी, फेरि पक्राउ परे । यो घटनापछि मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बनाइए ।  ​राष्ट्रिय कांग्रेसको विभाजनपछि सुवर्णशमशेर, महावीरशमशेरको पहलमा कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस गठन भयो । 

नेपाल प्रजातन्त्र कांग्रेस
२००५ साल पुस १५ देखि १७

सभापतिः     महेन्द्रविक्रम शाह
महामन्त्रीः    सूर्यप्रसाद उपाध्याय
सहायक महामन्त्रीः     प्रेमबहादुर कंसाकार
कोषाध्यक्षः     राजेश्वरीप्रसाद उपाध्याय
सदस्यः    चन्द्रवीर सिंह
सदस्यः    महानन्द सापकोटा
सदस्यः    भीमभक्तमान सिंह
सदस्यः    पूर्णसिंह खवास
सदस्यः    दिलबहादुर राई
सदस्यः    लक्ष्मीदत्त उपाध्याय
कार्यालय सचिवः     बाबुलाल मोक्तान
कार्यालय सचिवः     सुन्दरराज चालिसे
सदस्यः 
सुवर्णशमशेर राणा
महानन्द सापकोटा
लक्ष्मीदत्त उपाध्याय
भीमभक्तमान सिंह बस्नेत

राष्ट्रिय र प्रजातन्त्र दुवै कांग्रेसको लक्ष्य, राणाशाहीको अन्त्य गरी राजाको नायकत्वमा प्रजातन्त्र स्थापना गर्ने नै थियो । फलस्वरुप २००६ सालमा यी दुई पार्टीबीच एकीकरण भयो र नेपाली कांग्रेसको स्थापना भयो । 

चौथो महाधिवेशन
२००६, चैत्र २७, २८, २९ कलकत्ता 

सभापतिः     मातृकाप्रसाद कोइराला
महामन्त्रीः    महेन्द्रविक्रम शाह
कोषाध्यक्षः     सुवर्णसमशेर जबरा
सहमहामन्त्रीः    कृष्णप्रसाद भट्टराई
सदस्यः    विश्वेश्वरप्रसाद कोइराला
सदस्यः    गणेशमान सिंह
सदस्यः    सूर्यप्रसाद उपाध्याय
सदस्यः    महावीर समसेर
सदस्यः    रुद्रप्रसाद गिरी
सदस्यः    कुँवरकल्लु सिंह
सदस्यः    राजेश्वरीप्रसाद उपाध्याय

नेपाली कांग्रेस नेतृत्वको सशस्त्र क्रान्तिबाट २००७ सालमा प्रजातन्त्र स्थापना भयो । २००९ मा जनकपुरमा सम्पन्न पाँचौँ महाधिवेशनबाट बिपी सभापति चुनिए । दलित समुदायका धनमानसिंह परियारलाई कांग्रेस महामन्त्रीको जिम्मेवारी दिइयो । नेपाली राजनीतिमा प्रमुख दलमा कुनै दलितले अहिलेसम्म उच्च पद प्राप्त गरेको यो नै मात्र घटना एक हो । 

पाँचौँ महाधिवेशन
२००९, जेठ १०, ११ र १२ जनकपुर

सभापतिः विश्वेश्वरप्रसाद कोइराला
महामन्त्री    ः धनमानसिंह परियार
महामन्त्री    ः राजेश्वरीप्रसाद उपाध्याय
सदस्यः    मातृकाप्रसाद कोइराला
सदस्यः    सूर्यप्रसाद उपाध्याय
सदस्यः    सुवर्णसमसेर जवरा
सदस्यः    गणेशमान सिंह
सदस्यः    महेन्द्रविक्रम शाह
सदस्यः    गोपालप्रसाद उपाध्याय भट्टराई
सदस्यः    राधाकृष्ण थारू
सदस्यः    रामनारायण मिश्र
सदस्यः    मित्रलाल गिरी
सदस्यः    काशीनाथ गौतम
सदस्यः    परशुनारायण चौधरी
सदस्यः    महावीरसमसेर
कार्यालय मन्त्रीः     डिके शाही

प्रजातन्त्र स्थापना भएसँगै राजा त्रिभुवनले दुई वर्षभित्र संविधानसभा निर्वाचन गराउने वचन दिएका थिए । तर, अनेकौँ बहानामा चुनाव सार्ने काम भयो । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सभापति बिपीबीचको मुख्य मतभेद यही थियो । जसका कारण अन्ततः २००९ सालमा कांग्रेस दोस्रोपटक विभाजित हुन पुग्यो । 

पार्टी विभाजन 
२००९ भदौ २१ गते 

सभापतिः मातृकाप्रसाद कोइराला
महामन्त्री महेन्द्रविक्रम शाह
महामन्त्रीः बोधप्रसाद उपाध्याय

२०१२ मा वीरगन्जमा सम्पन्न महाविधेशनबाट सुवर्णशमशेर सभापति भए । त्यही महाधिवेशनबाट कांग्रेसले समाजवादी नीति अवलम्बन गर्यो । 

छैटौँ महाधिवेशन
२०१२ मंसिर १२, १३, १४ वीरगन्ज

सभापतिः     सुवर्णसमशेर जबरा
महामन्त्रीः    विश्वबन्धु थापा
महामन्त्री    ः डा. तुलसी गिरी
सदस्यः    कृष्णप्रसाद भट्टराई
सदस्यः    श्रीभद्र शर्मा
सदस्यः    रुद्रप्रसाद गिरी
सदस्यः    रामनारायण मिश्र
सदस्यः    गिरिजाप्रसाद कोइराला
सदस्यः    गणेशकुमार शर्मा
सदस्यः    ललित चन्द 

प्रजातन्त्र स्थापना भएको सात वर्ष पुग्दासमेत मुलुकमा चुनाव हुन सकेन । त्यही वातावरणका बीच नेपाली कांग्रेसको विशेष महाधिवेशन विराटनगरमा सम्पन्न भयो र बिपी फेरि सभापति बने ।  

विशेष महाधिवेशन
२०१४ जेठ १०, विराटनगर 

सभापतिः     विश्वेश्वरप्रसाद कोइराला
महामन्त्री    ः सूर्यप्रसाद उपाध्याय
महामन्त्री    ः गणेशमान सिंह
कोषाध्यक्षः     सुवर्णशमशेर जबरा
सदस्यः    कृष्णप्रसाद भट्टराई
सदस्यः    श्रीभद्र शर्मा
सदस्यः    रुद्रप्रसाद गिरी
सदस्यः    धनमानसिंह परियार
सदस्यः    
गोपालप्रसाद उपाध्याय भट्टराई
हृदयराज शर्मा
गणेशकुमार शर्मा

बिपीको नेतृत्वमा राजालाई चुनाव गराउन बाध्य बनाएपछि कांग्रेसले दुईतिहाइको अपार जनमत प्राप्त गर्यो । कांग्रेसको इतिहासमा सातौँ महाधिवेशनको छुट्टै महत्व छ । पहिलोः आफ्नै नेतृत्वमा १०४ वर्षे राणा शासन अन्त्य गरी कांग्रेसले दुईतिहाइ बहुमतका साथ सत्ताको नेतृत्व पाएको थियो । दोस्रोः यो महाधिवेशनलगत्तै राजाले प्रजातन्त्रमाथि कु गरी निरंकुश पञ्चायती व्यवस्था सुरु गरे । 

सातौँ महाधिवेशन 
२०१७ वैशाख २५ गतेदेखि ३१ काठमाडौं

सभापतिः     विश्वेश्वरप्रसाद कोइराला
महामन्त्री    ः श्रीभद्र शर्मा
सदस्यः    सुवर्णशमसेर जबरा
सदस्यः    गणेशमान सिंह
सदस्यः    सूर्यप्रसाद उपाध्याय
सदस्यः    मातृकाप्रसाद कोइराला
सदस्यः    विश्वबन्धु थापा
सदस्यः    त्रिपुरवरसिंह प्रधान
सदस्यः    भूदेव राई
सदस्यः    गणेशकुमार शर्मा
सदस्यः    गिरिजाप्रसाद कोइराला
सदस्यः    रुद्रप्रसाद गिरी
सदस्यः    राधाकृष्ण थारु
सदस्यः    गिरीप्रसाद बुढाथोकी
सदस्यः    तेजमान तुम्बाहम्फे
सदस्यः    कृष्णलाल श्रेष्ठ लेखक
सदस्यः    देवनाथदास यादव
सदस्यः    श्रीमती राधादेवी
सदस्यः    लोकेन्द्रबहादुर शाह
सदस्यः    टंकनाथ काफ्ले
सदस्यः    डिगबहादुर गुरुङ
सदस्यः    दलकृष्ण श्रेष्ठ
सदस्यः    चिन्ताहरण सिं
सदस्यः    कृष्णबहादुर भट्टराई
सदस्यः    हेमराज शर्मा
सदस्यः    बलबहादुर राई
सदस्यः    चन्द्रलाल श्रेष्ठ
सदस्यः    रामेश्वर श्रेष्ठ
सदस्यः    सरोजप्रसाद कोइराला
सदस्यः    डीके शाही
सदस्यः    दिलबहादुर बुढाथापा
कार्यालयमन्त्रीः     वासुदेव रिसाल

२०१७ पुस १ को राजनीतिक ‘कु’पछि बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितका शीर्ष नेता गिरफ्तार भए । व्यक्तिगत कामको सिलसिलामा कलकत्तामा पुगेकाले पक्राउ हुनबाट जोगिएका नेता सुवर्णशमशेर राणालाई कार्यबाहक सभापति बनाइयो । 

राणाको नेतृत्वमा कांग्रेसले दोस्रोपटक सशस्त्र संघर्ष सुुरु गर्यो, तर सफलता पाउन सकेन । यसबीच आठ वर्ष लामो जेल जीवनबाट ०२५ सालमा बिपी कोइराला रिहा भए ।  फेरि उनैको नेतृत्वमा कांग्रेसले तेस्रोपटक सशस्त्र क्रान्ति सञ्चालन गर्यो । हतियारको बलमा लड्ने दुवै प्रयास विफल भए । अनि राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिका साथ २०३३ साल पुस १६ गते ८ वर्ष लामो भारत प्रवासबाट बिपी स्वदेश फर्किए ।  

पटना सम्मेलन २०३४ कात्तिक ५ र ६

कार्यवाहक सभापतिः कृष्णप्रसाद भट्टराई  
नेताः गणेशमान सिंह 
महामन्त्रीः गिरिजाप्रसाद कोइराला 
महामन्त्रीः परशुनारायण चौधरी 

बिपीमाथि मृत्युदण्ड माग दाबी गरिएका राजकाजसम्बन्धी आठ मुद्दा विचाराधिन थिए । दुईवटा सशस्त्र क्रान्तिमा असफलता बेहोरेपछि हतियारको बाटो छोडेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने बाटोमा बिपी अग्रसर भए । त्यसैले सशस्त्र क्रान्तिको विपक्षमा रहेका नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाइयो ।

२०१७ को राजनीतिक कुपछि पार्टी प्रतिबन्धित भएकाले तीन दशकसम्म नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन । सातौँ महाधिवेशनको ३१ वर्षपछि २०४८ साल फागुन पहिलो साता झापाको कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनाट कृष्णप्रसाद भट्टराईलाई सभापतिमा निर्विरोध निर्वाचित भए ।
   
आठौँ महाधिवेशन
२०४८ झापा 

सर्वमान्य नेताः     गणेशमान सिंह
सभापतिः     कृष्णप्रसाद भट्टराई
महामन्त्री    ः महेन्द्रनारायण निधि
सहमहामन्त्रीः    वासुदेव रिसाल
कोषाध्यक्षः    खनुप रुदे (रामबाबु) प्रसाईं
प्रवक्ताः    तारानाथ रानाभाट
सदस्यः    गिरिजाप्रसाद कोइराला
सदस्यः    मंगलादेवी सिंह
सदस्यः    नोना कोइराला
सदस्यः    शेख इद्रिस
सदस्यः    सुशील कोइराला
सदस्यः    भू–विक्रम नेम्वाङ
सदस्यः    शैलजा आचार्य
सदस्यः    ढुण्डिराज शास्त्री
सदस्यः    भीमबहादुर तामाङ
सदस्यः    शेरबहादुर देउवा
सदस्यः    रामचन्द्र पौडेल
सदस्यः    चिरञ्जीवी वाग्ले
सदस्यः    खुमबहादुर खड्का
सदस्यः    सूर्यभक्त अधिकारी
सदस्यः    महन्थ ठाकुर
सदस्यः    मणि लामा

२०५३ साल वैशाख २६, २७ र २८ गते काठमाडौंमा सम्पन्न नवौँ अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति भए ।  

नवौँ महाधिवेशन
२०५३, काठमाडौं

सभापतिः     गिरिजाप्रसाद कोइराला
उपसभापतिः     शैलजा आचार्य
महामन्त्री    ः सुशील कोइराला (मध्यपश्चिमाञ्चलबाट सदस्य पदमा निर्वाचित)
महामन्त्रीः     तारानाथ रानाभाट
सदस्यः    कृष्णप्रसाद भट्टराई
सदस्यः    महेन्द्रनारायण निधि
सदस्यः    शेख इद्रिस
सदस्यः    मंगलादेवी सिंह
सदस्यः    नोना कोइराला
सदस्यः    शेरबहादुर देउवा (सुदुरपश्चिमाञ्चलबाट निर्वाचित)
सदस्यः    रामचन्द्र पौडेल (पश्चिमाञ्चलबाट निर्वाचित)
सदस्यः    ढुण्डिराज शास्त्री
सदस्यः    भीमबहादुर तामाङ (मध्यमाञ्चलबाट निर्वाचित)
सदस्यः    खुमबहादुर खड्का
सदस्यः    चिरञ्जीवी वाग्ले
सदस्यः    भीमप्रसाद श्रेष्ठ
सदस्यः    महन्थ ठाकुर
सदस्यः    कुलबहादुर गुरुङ
सदस्यः    विजयकुमार गच्छदार ( पूर्वाञ्चलबाट निर्वाचित)
सदस्यः    ओमकारप्रसाद श्रेष्ठ
सदस्यः    तारिणीदत्त चटौत
सदस्यः    डा. रामवरण यादव
सदस्यः    महेश आचार्य
सदस्यः    दिलबहादुर घर्ती
सदस्यः    चन्द्रसिंह भट्टराई
सदस्यः    नरेन्द्रविक्रम नेम्वाङ

त्यसैगरी दशौँ महाधिवेशनबाट कोइराला दोस्रो कार्यकालका लागि बने ।   

दशौँ महाधिवेशन 
२०५७ माघ ६, ७, ८ र ९ गते, पोखरा

सभापतिः     गिरिजाप्रसाद कोइराला
महामन्त्रीः सुशील कोइराला
कोषाध्यक्षः महन्थ ठाकुर
सहमहामन्त्रीः    गोविन्दराज जोशी
सदस्यः    कृष्णप्रसाद भट्टराई
सदस्यः    शेरबहादुर देउवा
सदस्यः    शैलजा आचार्य
सदस्यः    वासुदेव रिसाल
सदस्यः    नोना कोइराला
सदस्यः    रामचन्द्र पौडेल
सदस्यः    बलबहादुर राई
सदस्यः    लीला कोइराला
सदस्यः    कुलबहादुर गुरुङ
सदस्यः    चक्रप्रसाद बाँस्तोला
सदस्यः    डा.रामशरण महत
सदस्यः    अर्जुननरसिंह केसी
सदस्यः डा. रामवरण यादव
सदस्यः    महेश आचार्य
सदस्यः    दिलबहादुर घर्ती
सदस्यः    रामकृष्ण ताम्राकार
सदस्यः    बलदेव शर्मा मजगैयाँ
सदस्यः    कृष्णप्रसाद सिटौला
सदस्यः    लक्ष्मणप्रसाद घिमिरे
सदस्यः    गोपालराज पहाडी
सदस्यः    विनयध्वज चन्द
प्रवक्ताः    नरहरि आचार्य
सदस्यः    सुनिलकुमार भण्डारी
सदस्यः    प्रकाश कोइराला
सदस्यः    फरमुल्लाह मन्सुर
सदस्यः    पूर्णकुमार शेर्मा
सदस्यः    खुमबहादुर खड्का 
सदस्यः    प्रकाशमान सिंह
सदस्यः    विमलेन्द्र निधि
सदस्यः    विजयकुमार गच्छदार 
सदस्यः    चिरञ्जीवी वाग्ले 
सदस्यः    प्रदीप गिरी 


माओवादी विद्रोह उत्कर्षमा पुगेको बेला ०५९ असार पहिलो साता प्रधानमन्त्री शेरबहादुर देउवा समूहले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिको भेला गरी सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गर्यो । यससँगै नेपाली कांग्रेस तेस्रोपटक विभाजित भयो । 

पार्टी विभाजन, २०५९ 
नेपाली कांग्रेस प्रजातान्त्रिक 

सभापतिः शेरबहादुर देउवा 
उपसभापतिः चिरञ्जीवी वाग्ले 
महामन्त्रीः खुमबहादुर खड्का 
सहमहामन्त्रीः विजयकुमार गच्छदार
सदस्यहरुः 
विमलेन्द्र निधि 
प्रकाशमान सिंह
प्रदीप गिरि
नरेन्द्रविक्रम नेम्वाङ
अमरराज कैनी 
भीमकुमारी बुढामगर
दुर्योधनसिंह चौधरी
शेख जाहिर
गोपालमान श्रेष्ठ
होमनाथ दाहाल
कृष्णवहादुर गुरुङ
चित्रलेखा यादव 

नेपाली कांग्रेसको एघारौँ महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला तेस्रो कार्यकालका लागि सभापति भए ।  

एघारौँ महाधिवेशन
२०६२ भदौ १४, १५, १६ र १७, ललितपुर
 

सभापतिः गिरिजाप्रसाद कोइराला 
उपसभापतिः सुशील कोइराला 
उपसभापतिः रामचन्द्र पौडेल
महामन्त्रीः कुलबहादुर गुरुङ
महामन्त्रीः डा.रामवरण यादव
सहमहामन्त्रीः अर्जुननरसिंह केसी

अर्कोतिर नेपाली कांग्रेस प्रजातान्त्रिकको अधिवेशनबाट शेरबहादुर देउवा सभापति भए । 
 
नेपाली कांग्रेस प्रजातान्त्रिक 
२०६२ पुस २१, २२, २३ र २४ काठमाडौं 

सभापतिः शेरबहादुर देउवा
उपसभापतिः गोपालमान श्रेष्ठ
उपसभापतिः प्रकाशमान सिंह
महामन्त्रीः विमलेन्द्र निधि
२०६४ असोजमा आइपुग्दा नेपाली कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)बीच एकीकरण भयो ।
 
एकता महाधविशेन
२०६४ असोज ७, ललितपुर

सभापतिः गिरिजाप्रसाद कोइराला 
वरिष्ठ नेताः शेरवहादुर देउवा
कार्यवाहक सभापतिः सुशील कोइराला
उपसभापतिः रामचन्द्र पौडेल
एकीकरणपछिको पहिलो अधिवेशनबाट सुशील कोइराला सभापति चुनिए ।  

बाह्रौँ महाधिवेशन
२०६७ असोज १–५ काठमाडौं

सभापतिः सुशील कोइराला
वरिष्ठ नेताः शेरवहादुर देउवा
उपसभापतिः रामचन्द्र पौडेल
महामन्त्रीः प्रकाशमान सिंह
कोषाध्यक्षः चित्रलेखा यादव
सहमहामन्त्रीः पूर्णवहादुर खड्का 

पार्टीको तेह्रौँ महाधिवेशनवाट निर्वाचित भएका शेरबहादुर देउवा अहिले नेपाली कांग्रेसको सभापति छन् । 

तेह्रौँ महाधिवेशन 
२०७२ फागुन चौथो साता, काठमाडौं  

सभापतिः शेरबहादुर देउवा 
वरिष्ठ नेताः रामचन्द्र पौडेल
उपसभापतिः विमलेन्द्र निधि
उपसभापतिः विजयकुमार गच्छदार
महामन्त्रीः डा. शशांक कोइराला
महामन्त्रीः पूर्णवहादुर खड्का 
सहमहामन्त्रीः डा. प्रकाशशरण महत
सहमहामन्त्रीः सुनीलबहादुर थापा
कोषाध्यक्षः सीतादेवी यादव

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार २०:४७:४१,   अन्तिम अपडेट : भदौ २९, २०७८ मंगलबार २१:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया