पाँच दिनअघि विवाह गरेकी पवित्रा, टिकटक बनाउँदा सेती नदीमा खसेर बेपत्ता

तनहुँस्थित सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छिन् । उनको पाँच दिनअघि मात्र विवाह भएको बताइएको छ । तनहुँको शुक्लागण्डकीनजिकै सेती नदीमा खसेर १९ वर्षकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् । 

उनको पाँच दिनअघि मात्र भिमादका एक युवासँग विवाह भएको थियो ।

मंगलबार दिउँसो साथीहरुसँग टिकटक बनाउन जाँदा पवित्रा सेती नदीमा खसेकी हुन् । उनको टिकटक बनाउनका लागि सेती नदीको किनारमा पुगेको अहिले टिकटकमा आएका भिडियोमा देख्न सकिन्छ ।

साथीहरुले नजाउ नजाउ, सेतीले लैजान्छ भन्दा पनि उनी सेती नदी किनारमा टिकटक बनाउने मोहमा पुगेको देखिन्छ ।

प्रहरीले बेपत्ता पवित्रालाई खोजिरहेको छ । तर, उनी भेटिएकी छैनन् । 

हेर्नुस्, उनी सेती नदीमा हराउनुअघिको भिडियो— 



@prabinthapaofficial

##pabitralamsal##nepalitiktok

♬ original sound - Nabin Jethara Mahasagar


  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार २३:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया