करिनालाई रिप्लेस गरिन् कंगनाले

आजभोलि बलिउडमा नयाँ फिल्मको चर्चा विशेष चुलिएको छ । लामो समय कोरोनाभाइरसका कारण थलिएको फिल्मी क्षेत्रले फेरि फड्को मार्ने आशा पनि जन्मिएको छ । किनकि अब ठूला ठूला फिल्मको घोषणा भारतमा हुन थालेका छन् ।

अनि फिल्ममा कलाकारहरुले सम्झौता गर्ने क्रम पनि बढ्दो छ ।

यहीबीच अहिले निकै चर्चामा रहेको फिल्म सीताः द इन्कार्नेशनमा करिना कपुर सीताको रोलमा देखिने केही समयअघिसम्म चर्चा गरिएको थियो । तर, अब उनको ठाउँ अर्की अभिनेत्री कंगना रनौटले लिएको चर्चा चल्न थालेको छ ।

त्यसो त यो फिल्मको पहिलो पोस्टरलाई कंगनाले आफ्नो सामाजिक सन्जाल इन्स्टाग्राममा सेयर गरेकाले पनि यस्तो अनुमान गरिएको हुनसक्छ । तर, करिना आउट भएर कंगनाले यो फिल्म गर्ने पक्कापक्की भएको हो भने भारतमा यसले चर्को तहल्का मच्चाउने निश्चित छ ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार २३:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया