लसिथ मलिंगाले लिए क्रिकेटबाट सन्न्यास

श्रीलंकाली चर्चित क्रिकेटर लसिथ मलिंगाले क्रिकेटका सबै फम्र्याटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले यसअघि अन्य फम्र्याटबाट सन्न्यास लिए पनि टी २० खेलिरहेका थिए । 

तर, युट्युबमा एक भिडियो राख्दै लसिथले अब आफूले टी २० बाट पनि सन्न्यास लिएको घोषणा गरेका हुन् ।

‘मैले अब टी२० किकेटबाट पनि सन्न्यास लिने फैसला गरेको छु,’ उनले भनेका छन्, ‘अब म क्रिकेटका सबै फम्र्याटबाट रिटायर हुँदैछु । तर, नयाँ पिढीँलाई सहयोग गर्न म सधैं तयार हुनेछु ।’

श्रीलंकाली राष्ट्रिय टोलीबाट यसअघि नै सन्न्यास लिएका मलिंकाको नेतृत्वमा नै श्रीलंकाले सन् २०१४ को टी २० विश्वकप जितेको थियो ।

अहिले मलिंगा आइपिएलमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच ह्याट्रिक गरेर रेकर्ड पनि बनाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक लगातार चार बलमा चार विकेट समेत लिएका थिए ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ०:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया