च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह ‘इ’ को खेलमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ ।
बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा जर्मन महारथी बायर्न म्युनिखसँग ३-० को हार बेहोरेको हो ।
बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ र थोमस मुलरले १ गोल गरे ।
खेलको ३४ औँ मिनेटमा मुलरको गोलमार्फत पाहुना टोलीले अग्रता लिएको थियो । ५६ औँ र ८५ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
जितसँगै बायर्नले ३ अंक जोड्दा बार्सिलोनाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यही समूहको अर्को खेलमा डाइनामो किभ र बेन्फिका गोलरहित बराबरीमा रोकिएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति नै भएको समूह ‘एच’ का खेलमा साविक बिजेता चेल्सीले जेनिटमाथि १-० को कठिन जित हात पार्दा युभेन्टसले माल्लोलाई ३-० ले पराजित गर्याे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।