रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच टेलिफोन कुराकानी भएको छ । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले पुटिन र खानबीचको टेलिफोन कुराकानीमा अफगानिस्तानको अवस्थाबारे छलफल भएको जानकारी दिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री खानले क्षेत्रीय सुरक्षा र समृद्धि तथा अफगानिस्तानमा शान्ति र स्थिरता महत्वपूर्ण रहेको भन्दै तत्काल मानवीय सहायता उपलब्ध गराउन जरुरी रहेको बताए ।
उनले अफगानिस्तानमा आर्थिक संकट अन्त्यका लागि तत्काल आवश्यक कदम चाल्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।
अफगानिस्तानलाई नजिकैबाट नियालिरहेका अन्तर्राष्ट्रिय संस्थाहरुले समेत त्यहाँको अर्थतन्त्रबारे गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानबाट मुख अन्यत्र नमोड्न आग्रह गरिएको छ । यो महत्वपूर्ण समयमा अफगानी जनतालाई एक्लै छाड्न नहुनेमा खानको जोड थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।