च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता चेल्सीले विजयी सुरूवात गरेको छ।
गएराति भएको खेलमा चेल्सीले घरेलु मैदानमा रोमेलु लुकाकुको निर्णायक गोलमा जित हात पारेको हो।
समूह एच मा रहेको चेल्सीले घरेलु मैदानमा भएको खेलमा जेनित सेन्ट पिटर्सबर्गलाई १–० ले हरायो।
जसमा यसै सिजन इन्टरमिलानबाट चेल्सी आएका रोमेलु लुकाकुले ६९औं मिनेटमा निर्णाायक गोल गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।