पाकिस्तानमा तालिम लिएर आएका चरमपन्थी पक्राउ गरेको दिल्ली प्रहरीको दाबी
फरकधार / ३० भदौ, २०७८

दिल्ली प्रहरीको विशेष समूहले पाकिस्तानमा तालिम लिएर आएका दुईसहित ६ जना चरमपन्थीलाई पक्राउ गरेको दाबी गरेको छ । 



दिल्ली प्रहरीको विशेष सेलले पाकिस्तानबाट सञ्चालित एक ‘टेरर मोड्युल’ को भण्डाफोर गरेको दाबी गरेको छ। टोेलीका अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘केन्द्रीय एजेन्सीबाट हामीलाई भारतका केही प्रमुख सहरमा आतंकवादी घटना घटाउने षड्यन्त्रबारे सूचना प्राप्त भएको थियो ।’ 

प्रहरीले एक व्यक्तिलाई कोटा, दुई जनालाई दिल्ली र अन्य २ जनालाई उत्तर प्रदेशबाट गिरफ्तार गरिएको जनाएको छ। अन्य एक जना कहाँ पक्राउ परेका हुन् भन्ने खुलाएको छैन । 

प्रहरीका अनुसार उनीहरुले दुई वटा टिम बनाएका थिए । जसमध्ये एक टिमलाई दाउद इब्राइमका भाइ अनिस इब्राहिमले सम्हालिरहेका थिए । 



यो टोलीले सीमापारीबाट हतियार ल्याएर भारतमा लुकाएको समेत प्रहरीको दाबी छ । यस्तै दोस्रो टोलीले हमलाका लागि पैसा जुटाउने काम गरेको थियो ।  
 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ८:१८:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया