कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै
फरकधार / ३० भदौ, २०७८

कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटबल जाँदैछन् । 



पार्टी विभाजनसँगै एमाले कार्यकर्ता तानातानको क्रम चलिरहेका बेला ओली देश दौडाहामा छन् । उनी मंगलबारमात्रै गृहजिल्ला झापा पुगेका थिए । 

बुटवल देवीनगरस्थित एन्फा मैदानमा एमालेले सभाको आयोजना गर्न लागेको हो ।

भेलालाई अध्यक्ष ओलीसहित उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
 



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ८:३९:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया