हाइटीका प्रधानमन्त्रीलाई देश छाड्न प्रतिबन्ध
फरकधार / ३० भदौ, २०७८

हाइटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छाड्नका लागि प्रतिबन्ध लगाइएको छ।



राष्ट्रपति जोबेनेल मोइजको हत्याको अनुसन्धान भइरहेकाले उनलाई विदेश जान प्रतिबन्ध लगाइएको हो । 

अभियोजक पक्षले हेनरीमाथि चाँडोभन्दा चाँडो कारबाही गर्न माग गर्दै आइरहेका छन् । मोइजको हत्या गर्ने मुख्य शंकास्पद व्यक्ति जोसेफ फेलिक्ससँगको सम्बन्धलाई लिएर हेनरीले स्पष्टीकरण दिनुपर्ने पनि बताएका छन् ।

राष्ट्रपति मोइजको हत्या भएको केही घन्टामै हेनरी र फेलिक्ससँग धेरै पटक फोन सम्पर्क भएको आरोप अभियोजन पक्षकाे छ ।



राष्ट्रपति मोइजको जुलाई ७ मा उनकै घरमा हत्या भएको थियो ।

मोइजको मृत्युसँगै हाइटीमा राजनीतिक संकट उत्पन्न भएको छ । राजनीतिक संकटसँग जुधिरहेको हाइटीमा पछिल्लो महिना भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो । 
 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ९:१४:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया