दीपिका एसियाकै प्रभावशाली महिला

बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन् । बेलायतको गाला बिंगोले एसियाकै फिल्म तथा टेलिभिजन क्षेत्रबाट प्रभावशाली महिला घोषणा गरेको हो । उनलाई पछ्याउने फ्यानलाई आधार मानेर उक्त घोषणा गरिएको हो ।

गाला बिंगोले दीपिकालाई पछ्याउने फ्यानसँगै गुगल सर्च र दीपिकाको नाममा प्रकाशित भएको समाचारलाई समेत आधार मानेर एक नम्बर मानेको हो । गला बिंगोले फिल्म, व्यापार, राजनीति र फेसन क्षेत्रका मान्छेलाई पनि यो सूचीमा समेटेको छ ।

गला बिंगोले गरेको यो घोषणासँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडलको बराबरीमा पुगेकी छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १०:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया