महिला २ हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान
फरकधार / ३० भदौ, २०७८

बुरुण्डीकी धाविका फ्रान्सिन नियोनसाबाले महिला २ हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएकी छन् ।



कन्टिनेन्टल गोल्ड टुर सिरिज अन्तर्गत क्रोएसियाको जाग्रेबमा भएको दौडमा नियोनसाबाले निर्धारित दूरी ५ मिनेट २१.५६ सेकेन्डमा पूरा गर्दै नयाँ विश्व  कीर्तिमान कायम गरिन् ।

उनले इथियोपियाकी जेन्जिबी डिबाबाको नाममा रहेको ५मिनेट २३.७५ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।  



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १०:३१:२८,   अन्तिम अपडेट : भदौ ३०, २०७८ बुधबार १०:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया