संसारमा हिन्दु सबैभन्दा सहिष्णु समुदाय : जावेद अख्तर

बलिउड गीतकार तथा प्रख्यात कवि–साहित्यकार जावेद अख्तरले हिन्दु संसारको सबैभन्दा सहिष्णु समुदाय भएको बताएका छन् । हालै उनले राष्ट्रिय स्वयम्सेवक दल (आरएसएस) र विश्व हिन्दु परिषद्को तुलना अफगानिस्तानका तालिबानसँग गरेका थिए । 

शिवसेनाको मुखपत्र ‘सामना’ मा उनले एक लेख नै लेखेर यस्तो धारणा प्रकट गरेका हुन् । उनले तालिबानी शासनमा चलेको अफगानिस्तानलाई भारतसँग कुनै पनि हालतमा तुलना गर्न नसकिने पनि बताएका छन् । उनले लेखेका छन्– ‘भारतीयहरु नरम विचारधाराका हुन्छन् ।’

अख्तरले आरएसएसको तुलना तालिबानसँग गरेकोमा शिवसेना निकै रिसाएको थियो । शिवसेनाले आफ्नो विमति सामना पत्रिकामा लेख लेखेर जनाएको थियो । सामनाको सम्पादकीयमा लेखिएको थियो– ‘तपाईं कसरी यस्तो भन्न सक्नु हुन्छ कि, हिन्दु राष्ट्रको अवधारणालाई समर्थन गर्नेजति सबै तालिबानी मानसिकताका हुन् ? हामी यसमा बिलकुलै सहमत छैनौं ।’

शिवसेनाको मुखपत्रमा हिन्दुत्वको तुलना तालिबानसँग गर्नु हिन्दु संस्कृतिको अपमान भएको उल्लेख गरिएको थियो । हिन्दुत्वका समर्थकहरु केवल यति चाहन्छन्– आफूलाई किनारामा मिल्काउने काम नहोस् ।

शिवसेनाले लेखेको थियो– जब धर्मान्ध, राष्ट्रद्रोही विकृतिको बाढी आउँछ तब जावेद अख्तरले हरेक बखतले ती धर्मान्धहरुको अनुहार उदांगो पारिदिएका छन् । कट्टरपन्थीको उनले कुनै वास्ता गरेका छैनन्, सधैं देशलाई अगाडि राखेका छन् । तर पनि आरएसएसलाई उनले तालिबानीसँग गरेको तुलनाप्रति हामी विमति राख्छौं ।

अख्तरले सामना पत्रिकामा लेखेको लेखमार्फत् हिन्दुलाई संसारकै सबैभन्दा सहिष्णु समुदायको दर्जा दिएका छन् । उनले लेखेका छन्– ‘मैले पटक पटक भनेको छु कि भारत कहिल्यै अफगानिस्तान जस्तो बन्न सक्दैन । किनकि, भारतीयहरु स्वभावैले चरमपन्थी होइनन् । सामान्य रहनु उनीहरुको डिएनएमै छ ।’



अख्तरले आफ्ना आलोचकहरु मात्रै रिसाएको बताएका छन् । तालिबान र दक्षिणपन्थी हिन्दु विचारधारमा कतिपय समानता रहेको सामनामा उल्लेख गरेका छन् । ‘तालिबान धर्मको आधारमा इस्लामिक सरकार गठन गरिरहेको छ । 

हिन्दु दक्षिणपन्थी हिन्दु राष्ट्र चाहन्छन् । तालिबान महिला अधिकार रोक्न चाहन्छ र उनीहरुलाई नियन्त्रणमा राख्न चाहन्छ । हिन्दु दक्षिणपन्थी पनि महिला र किशोरीलाई स्वतन्त्रता दिन चाहँदैनन् ।’
 



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १२:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया