सन्तोष अधिकारीको ‘गल्ली यही हो’ बजारमा

सिनेमा घर चलचित्रको पर्खाइमा छन् । निर्माता निर्देशक दर्शकको पर्खाइमा छन् । नेपाली चलचित्रका दर्शक सहज समयको पर्खाइमा । कोरोनाका कारण असहज बनेको धेरैको अवस्था सामान्य बन्दै गएको छ । तर, चलचित्रका कलाकार तथा निर्माताहरू भने म्युजिक भिडियोमा मस्त देखिन्छन् ।

कोरोना कालमा थुप्रै स्टार कलाकार म्युजिक भिडियो देखिए । यो क्रम जारी नै छ। चलचित्र निर्देशक तथा कलाकार सन्तोष अधिकारी पनि म्युजिक भिडियोमा देखिएका छन् । उनले अभिनय गरेको ‘गल्ली यही हो’बोलको गीत सार्वजनिक गरिएको छ ।

अजय कुमार अधिकारीले लेखेको उक्त गीतमा गीतकार स्वयमकै संगीत तथा स्वर सुन्न सकिन्छ । गीतमा फणिन्द्र राईले एरेञ्ज गरेका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १२:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया