दसै‌ंमा मासुकाे परिकार: यसरी बनाउनुहाेस् खसीकाे सेकुवा

आवश्यक सामग्री:

खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धुलो दुई चम्चा, बेसार दुई चम्चा, तेल चार चम्चा, जिराको धुलो डेढ चम्चा, धनियाँको धुलो डेढ चम्चा, लसुनको लेदो डेढ चम्चा, अदुवाको लेदो डेढ चम्चा, गरम मसला एक चम्चा, कागतीको रस चार चम्चा, नुन स्वादअनुसार । 

पकाउने विधि 

सबैभन्दा पहिले मासुलाई ससाना टुक्रामा काट्ने र सबै मसला मिसाएर तोरीको तेलमा मोल्ने । त्यसपछि एक घन्टाजति राख्ने । एक घन्टापछि उक्त मासुका टुक्रालाई झिरमा उनेर कोइलाको रापमा बिस्तारै फर्काई–फर्काई सेक्ने । राम्रोसँग पाकेपछि मुलाको अचारसँग सर्भ गर्ने । 
 





  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार १४:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया