एमाले पछारिएको हो, उठ्छ र धुलो टकटक्याउँछ : एमाले उप–महासचिव भुसाल

नेकपा एमालेका उप–महासचिव घनश्याम भुसालले नेकपा एमाले पछारिए पनि धुलो टकटक्याउँदै उठ्ने दाबी गरेका छन् । 

‘हामीले अहिले रिस गर्नुपर्ने कोही छैन । हामीले रिस गर्न र गाली गर्न लायक कोही छैन । हामीले प्रतिस्पर्धा गर्न लायक पनि कोही छैन । केही कमजोरी छन् भने हामी भित्र छन् त्यो हेर्छौं,’ बुटबलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एमाले पछारिएको हो, उठ्छ र धुलो टकटक्याउँछ ।’ 

आजको दिनमा नेकपा एमालेले दलाल पुँजीबादीसँग लड्नु पर्ने उनले बताए । दलाल पुँजीबादीसँग एमालेबाहेक अरुले लड्न नसक्ने समेत उनले जनाए । 

‘नेकपा एमाले आज जिम्मेवारी भइदिएन भने यो मुलुकको भाग्य के हुन्छ ? यसबारे छलफल भएको छैन । छलफल होस् यसमा,’ भुसालले भने ।  

नेपालमा एमालेको अभाव अरु कसैले पुरा गर्न नसक्ने उनले बताए । उनले भने, ‘नेकपा एमालेलाई बलियो बनाउनु पर्छ । यही कुरा माधव कुमार नेपाललाई बुझाउन सकेनौँ । उहाँले नबुझे जस्तो लाग्दैन । उहाँले बुझे जस्तो किन गर्नु भएन ।’  

पछिल्ला दिनहरुमा क–कस्ले गल्ती गरे समिक्षा गर्नुपर्ने उनले औंल्याए । ‘यो बिचमा हामी केही समय भाँडिएका हौं । क–कस्ले के के गरे गरे । हामी ठन्डा दिमागले सोचौं,’ उनले पार्टी नेतृत्वलाई भने ।  



उनले थपे, ‘माधव कुमार नेपालले यो कुरा सामाना गर्न तयार हुनुपथ्र्यो, तर हुनुभएन । जब महाधिवेशनबाट पार्टी एक भएर आउँछ त्यतिबेला माधव कुमार नेपालले बुझ्नु हुनेछ।’ 



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १५:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया