श्रीलंकन ब्याट्सम्यान फर्नान्डो ललितपुरमा आबद्ध

श्रीलंकन ब्याट्सम्यान ओशाडा फर्नान्डोले प्रिमियर लिग (इपिएल) साविक विजेता ललितपुर प्याट्रियट्सबाट इपिएल खेल्ने भएका भएका छन् ।  

बुधबार ललितपुरले चौथो विदेशी खेलाडीका रुपमा फर्नान्डोलाई अनुबन्ध गरिएको सामाजिक सञ्जालमार्फत  जनाएको हो ।

यसअघि ललितपुरले अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भुटानका ब्याट्सम्यान रानजुंग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लेकलाई अनुबन्ध गरेको थियो  ।

६ फ्रेन्चाइज टिमले सहभागिता जनाउने इपिएलको चौथो संस्करण असोज ९ देखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।  
 





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १७:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया