एमालेको भ्रातृसंगठन युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाल ठगी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ ।
कटुवालले नुवाकोटका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार रुपैयाँ जग्गाको बैना लिएका थिए । उनले सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । पीडित अधिकारीले प्रहरीमा उजुरी गरेका थिए ।
कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नू’ भन्ने अन्तरिम आदेश लिएर बसेका थिए । उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
ठगीमा संलग्न भनिएका मोरङ केराबारी घर भएका धीरजकुमार दाहाल भने फरार छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।