कांग्रेसले थप ७ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिक गर्‍याे

नेपाली कांग्रेसले थप ७ जिल्लाको क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गरेको छ । 

बुधबार नेपाली कांग्रेसले काठमाडौं, सिन्धुपाल्चोक, कपिलवस्तु, मोरङ, काभ्रे, बर्दिया र बाजुराको क्रियाशिल सदस्यताको सूची सार्वजनिक गरेको हो । यो सूची नेपाली कांग्रेसको वेबसाइटमा हेर्न सकिन्छ ।

अब कांग्रेसले १३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुंग्याउन बाँकी रहेको छ । 

‘ढिलोमा हामीले भोलिसम्म यो पनि टुंग्याउने लक्ष्य बनाएका छौँ,’ कांग्रेस क्रियाशिल सदस्यता विवाद समाधान समितिका सदस्य तथा आगामि महाधिवेशनका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले फरकधारसँग भने, ‘त्यसपछि ५ असोजसम्ममा वडा अधिवेशन गर्न मिल्ने गरि सबै ठाउँको क्रियाशिल विवाद समाधान हुन्छ ।’

अब १३ जिल्लामा प्रदेश २ का आठ जिल्ला र कैलाली, सुर्खेत, रसुवा, बाँकेको विवाद पनि समाधान हुन बाँकी छ ।

यसअघि १८ भदौबाट कांग्रेसले विभिन्न जिल्लामा वडा अधिवेशन सुरु गरिसकेको छ । कांग्रेसले अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । 



कांग्रेसको महाधिवेशन ९–१३ गतेसम्म काठमाडौं हुने तय भएको छ ।



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १९:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया