सोनु सुदको घरमा आयकरको छापा

भारतीय कलाकार सोनु सुदलाई अब समस्या पर्न सक्ने अनुमान हुन थालेको छ । उनको घर र अन्य सम्पत्तिहरुमा आज मात्र आयकर विभागले छापा मारेको भारतीय समाचार एजेन्सी पिटिआइले बताएको छ ।

मुम्बईमा मात्र नभएर सोनु सुदको सम्पत्ति भएको लखनउमा समेत आयकर विभागले छापा मारेको छ ।

तर, अहिलेसम्म उनलाई कारवाही गरिएको छ वा जरिवाना लगाइएको छ कि छैन भन्नेबारे कसैले पनि केही भनेको छैन ।

गत वर्ष कोरोना महामारी फैलिएपछि सोनु सुद निकै चर्चामा आएका थिए । उनले हजारौँलाई सहयोग गरेका थिए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अब सत्यको जित हुने र सोनुसँग हजारौँ मानिसको आर्शिवाद भएको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २०:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया