मुनाले गरेकी थिइन् दैलेखमा शिक्षकको घाँटी रेटी हत्या

दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ ।

४२ वर्षका बिसीको शव उनले अध्यापन गराउने विद्यालयको प्रांगणमा भेटिएको थियो ।

दैलेख प्रहरीका अनुसार उनको हत्या उनकै छिमेकी २५ वर्षकी मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । दैलेख प्रहरीका प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार मुनाले धारिलो हतियार प्रयोग गरेर शिक्षकको हत्या गरेकी हुन् ।

डिएसपी श्रेष्ठले मुनाले आफूले शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेकी छिन् । उनीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ ।

मुना बिसीकी छिमेकी हुन् । उनको घर स्कुल छेवैमा थियो ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २०:३०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया