विश्वका सय प्रभावशालीको सूचीमा चिनियाँ राष्ट्रपति सी

विश्व चर्चित टाइम म्यागजिनले विश्वका सय प्रभावशाली व्यक्तिहरुको सूची प्रकाशन गरेको छ । यो सूचीमा विश्वका नेताहरुले पनि स्थान बनाएका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसलगायत अफगानिस्तानका नेता अब्दुलले पनि यसमा स्थान बनाएका छन् ।

यही सूचीमा छन्, चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि ।

यो सूचीमा चिनियाँ राष्ट्रपति सी जिनपिङबारे मंगोलियाका पूर्वराष्ट्रपति साखिआजिन इल्बेग्डोर्जले टिप्पणी लेखेका छन् । इल्बेग्डोर्जले आफूले राष्ट्रपति सीलाई जीवनमा ३० पटकभन्दा बढी भेट गरेको र उनका तीन कुरा महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो देश र जनताप्रति सी निकै उदार र मायालु भएको, सीमा कुनै द्वेस र रिस नभएको र सीको नीतिबारे आफूलाई कुनै भ्रम नभएको उल्लेख गरेका छन् ।

यही नेताहरुको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री पनि रहेका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २१:५१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया