\


आजको मौसम : देशभर मौसम बदली भई केही स्थानमा वर्षा
फरकधार / ३१ भदौ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

आज देशभर मौसम सामान्य देखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव तथा मनसुन न्यून चापीय रेखा औसतस्थान भन्दा दक्षिणतर्फ रहेको छ ।

सोही कारण देशभर सामान्य देखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 



लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 



  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार ७:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया