रामेछापमा जिप दुर्घटना, तीन जनाकाे मृत्यु

रामेछापमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४ ३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबा रहेका छन् । अर्का एक जनाको पहिचान खुलेको छैन।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप मन्थली नगरपालिका-६ हात्तीसार कुनौलीस्थित सडकबाट ६-७ सय मिटर तल खस्दा दुर्घटना भएकाे हाे ।

घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ। उद्दार गरिएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ।
 





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १२:११:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया