५ किलो अवैध लागूऔषध चरेससहित एकजना पक्राउ

धादिङमा ५ किलाे अवैध लागू‌‍औषध चरेससहित एकजना पक्राउ परेका छन् ।

धुनिवेशी नगरपालिका-६ नौबिसेस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध चरेससहित सिरहा सुखिपुर नगरपालिका-२ बस्ने १९ वर्षीय अर्जुन यादव मंगलबार बिहान पक्राउ परेका हुन् ।

शंकास्पद रूपमा हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेससहित फेला पारी उनलाई पक्राउ गरिएकाे हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १३:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया