पर्सामा अर्काकाे नाममा परीक्षा दिने एकजना पक्राउ

पर्सामा अर्काकाे नाममा परीक्षा दिने एकजना पक्राउ परेका छन् ।

पर्सागढी नगरपालिका-८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

सोही नगरपालिका-४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भइरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने सन्दीप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा फेला पारी दासलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १४:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया