प्रविधिको दुरुपयोगमार्फत हुने ठगीबाट बच्न साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटी काठमाडौंले सोसल एपमार्फत अनलाइन ठगी बढेको बताएकाे छ । 

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै सोसल एप्पमार्फत ठगी बढेकाले त्यसमा भर नपर्न सबैलाई आग्रह गरेको छ ।

साइबर ब्यूरोले विज्ञप्तिमार्फत भनेको छ,‘पछिल्लो समय केही व्यक्ति र अपराधिक समूहबाट प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल ह्वाट्सअप, भाइबर, इमोसहितका एपबाट अडियो र म्यासेज गरी तपाईंले यति ..रकमको चिठ्ठा परेको छ, त्यसको ट्याक्स क्लियरेन्सको लागि अनलाइन पेयमेन्ट गेटवेमा पैसा जम्मा गर्नुपर्छ, अनि जम्मा गर्न लगाउँछ । जुन सबै भ्रामक हो ।’ 

साइबर ब्यूरोका प्रवक्ता नबिन्द अर्यालमार्फत जारी विज्ञप्तिमा भ्रामक कुराको पछाडि नलागी प्रविधिको दूरपयोगबाट बँच्न आग्रह गरिएकाे छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १६:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया