बाल विकास कार्यक्रम अन्तर्गतका शिक्षकहरू आफ्नो हक-अधिकार प्राप्तिका लागि संघर्षमा

जनकपुरधाम उपमहानगरपालिकाभित्र बाल विकास तथा विद्यालयका कर्मचारीहरूले तलब भत्ता निकासा नभएको भन्दै प्रदर्शन गरेका छन् । बाल विकास कार्यक्रम अन्तर्गतका शिक्षकहरू आफ्नो हक-अधिकार प्राप्तिका लागि संघर्षमा उत्रिन बाध्य भएका हुन् । 

उपमहानगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागू गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका छन् । 

उनीहरूले स्थानीय जनकचोकबाट र्‍याली निकाल्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकामा ज्ञापन पत्र बुझाई भानु चाेक, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास समन्वय एकाइ हुँदै पुनः जनकचाेकमा पुगी कोणसभा गरेका थिए।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको हकहित तथा सेवा सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतबाट फैसला समेत भइसकेको अवस्थामा उपमहानगरले लागू नगर्दा आफूहरू समस्यामा परेको आन्दोलन परिचालन समितिका अध्यक्ष राम हृदय यादवले बताए । 

अध्यक्ष यादवले लेखापालको मासिक तलव १८ हजार ५०० र बाल विकास शिक्षक तथा  कार्यालय सहयोगीको तलव १५ हजार हुनुपर्ने माग समेत गरे ।

बाल विकासका शिक्षकहरू खानसम्म नपुग्ने तलब मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको न्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनु पर्ने उनीहरूको माग छ । 



जनकपुरधाम उपमहानगरपालिकाभित्रका ४९ वटा सामुदायिक विद्यालयमा करिब दुई सयको हाराहारीमा बाल विकासका शिक्षकहरू कार्यरत रहेका छन् । 

यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०५३/०५४ मा ल्याएको थियो । यस अवधारण अन्तर्गत विपन्न वर्गका ३ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई स्कुल जान अभिप्रेरित गर्नु हो । 



यो एक प्रकारको मन्टेश्वरी कार्यक्रम हो । शिक्षामा प्रत्यक्ष आवद्ध हुन नसकेका साना नानीहरूलाई खेलाउने, भुलाउने र पाँच वर्ष पछि स्कुल जान मानसिक रूपमा तयार पारिन्छ।

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १६:५२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया