Mon, 19 Nov, 2018


पाकिस्तानमा पिउने पानीको चरम संकट
फरक धार  |  कात्तिक ४, २०७५

पाकिस्तानमा पछिल्लो समयमा पिउने पानीको हाहाकार भएको छ । भ्रष्टाचार, आतंकवाद, आर्थिक संकट जस्ता समस्याबाट गुज्रिरहेको पाकिस्तानमा पानीको संकट अत्यन्त गम्भिर रुपमा देखिएको छ । 

पछिल्लो समयमा पाकिस्तानका सञ्चारमाध्यमहरुले यस विषयलाई निकै प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् । पाकिस्तानमा पानीको समस्याको विषयलाई लिएर दुई दिन एक अन्तर्राष्ट्रिय सेमिनारको समेत आयोजना गरिएको थियो ।

पाकिस्तानका राष्ट्रपति र मुख्य न्यायाधीशले पानीको अभावका बारेमा बोल्दै केन्द्र सरकारलाई पानीको अभावलाई कम गर्न जतिसक्दो छिटो कदम उठाउन निर्देशन दिएका छन् । 

पाकिस्तानको पत्रिका ‘जंग’ले पानीको बाँधको अत्यन्त आवश्यक रहेको उल्लेख गरेको छ । पत्रिकाका अनुसार राष्ट्रपति आरिफ अलवीले पाकिस्तानमा ३० दिनका लागि पानी जम्मा गर्न सक्ने क्षमता रहेको बताएका छन् । 

राष्ट्रपति अलवीले भारतसँग सिन्धु जल सन्धीका लागि वार्ता गर्न जरुरी रहेको र ड्याम नबने पाकिस्तानमा १९६० को जस्तो हालत हुन सक्ने बताएका छन् । 

पाकिस्तानका मुख्य न्यायाधीश साकिब निसारले ४० वर्षसम्म यो विषयलाई नजरअन्दाज गर्नु ठूलो अपराध भएको बताएका छन् । उनले  यही अवस्थामा रहे ७ वर्षपछि पाकिस्तानमा पानीका लागि कुनै पनि स्रोत नहुने भन्दै पाकिस्तानको सरकारलाई तुरुन्त उचित कदम चाल्न निर्देशन दिएको छ ।  

पानीका अलावा पाकिस्तान अहिले आर्थिक संकटमा गुज्रिरहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मनी लन्ड्रिङलाई रोकेर आर्थिक संकटको समाधान गर्न सक्ने बताएका छन् । 



यो पनि नछुटाउनुहोस्