भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अब भारतलाई टी २० फम्र्याटका खेलमा पनि कप्तानी गर्ने छैनन् ।
उनले आगामी टी २० विश्वकप पछि भारतीय टिमको कप्तानी छाड्ने घोषणा गरेका छन् । सामाजिक सन्जाल ट्विटरमा विराटले यो जानकारी दिएका हुन् ।
‘यो निर्णयमा पुग्नु सजिलो थिएन,’ विराटले भनेका छन्, ‘रवि र रोहितसँग लामो छलफलपछि मैले यो निर्णय लिएको हुँ, मैले टी २० को कप्तानी टी २० विश्वकपपछि छोड्दै छु ।’
केही दिन यता नै भारतमा विराटको कप्तानीको विषयमा चर्चा चल्न थालेको थियो । उनले पछिल्लो समय गरिरहेको कप्तानीबारे पनि प्रश्न उठ्न थालेका थिए ।
🇮🇳 ❤️ pic.twitter.com/Ds7okjhj9J
— Virat Kohli (@imVkohli) September 16, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।