काेराेनासम्बन्धी काठमाडाैंमा जिप्रकाकाे नयाँ ७ बुँदे आदेश

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ७ बुँदे आदेश जारी गरेको छ। जिप्रका काठमाडौंले भोलि बिहीबारबाट लागू हुने गरी ७ बुँदे​ आदेश जारी गरेको हो। कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिप्रका काठमाडौँले असोज १ गतेबाट लागू हुने गरी आदेश जारी भएको सूचना मार्फत् उल्लेख गरेको छ।

जारी आदेशमा शैक्षिक संस्थाहरु(विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने र गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन पूर्व आआफ्नो पालिकासँग समन्वय गर्नुपर्ने, अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कन नपाइने, सभा, जुलुस गर्न नपाइने, जात्रा महोत्सव भोज गर्न नपाइने उल्लेख छ।

त्यस्तै स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्ममात्र गर्न पाउने आदेशमा उल्लेख छ।

सो आदेश उलंघन गरे कारबाही समेत गर्ने काठमाडौँ जिप्रकाले जनाएको छ।

 





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २२:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया